नियम ९५
थप आर्थिक सहायता
::- (१) सेवामा बहाल रहेको कुनै निजामती कर्मचारी वा निजको पति वा पत्नीलाई स्वदेश तथा विदेशमा
उपचार गर्न नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेको आधारमा नियम ९४ को उपनियम (१) बमोजिम पाउने
उपचार खर्चको अतिरिक्त देहायको समितिको सिफारिसमा नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता रकम दिइनेछ ः-
(क) सामान्य प्रशासन मन्त्रालयको सचिव – अध्यक्ष
(ख) थप आर्थिक सहायता पाउने निजामती कर्मचारी काम गर्ने निकायको
सचिव वा निजले तोकेको प्रतिनिधि – सदस्य
(ग) अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको प्रतिनिधि – सदस्य
(घ) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएको वरिष्ठ चिकित्सक – सदस्य
(ङ) निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको केन्द्रीय अध्यक्ष – सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले थप आर्थिक सहायताको लागि रकम सिफारिस गर्दा कडा रोगको हकमा उपचार गर्दा
लागेको रकमको बील बमोजिम बढीमा पा“च लाख रुपैया सम्म सिफारिस गर्नेछ ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि ‘कडा रोग’ भन्नाले मृगौला, मुटु र क्यान्सर सम्बन्धी रोगलाई जनाउनेछ ।
(३) थप आर्थिक सहायता सम्बन्धमा नेपाल सरकारले छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ ।